गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित कनकासुन्दरीमा ७२ जनाको पोषण परीक्षण, ७ जना शिघ्र कुपोषित मानदत्त रावल आइतवार, २०७९ चैत्र ५ गते, १५:३४ मा प्रकाशित जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ७२ जना पाँच वर्ष मुनिका बालबालिकाको पोषण परीक्षण गरिएको छ । कनकासुन्दरीको हाँडसिजा स्वास्थ्य चौकीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पोषण पुनर्स्थापना केन्द्रको आयोजनामा पोषण परीक्षण गरिएको हो । पोषण परीक्षण गरिएको बालबालिका मध्ये ७ जनालाई शिघ्र कुपोषित र १४ जनालाई मध्यम कुपोषण पत्ता लागेको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताए । उनले भने मध्यम कुपोषित बालबालिकालाई यहाँको पोषण सुधार केन्द्रमा भर्ना गरी उपचार गरिने छ । शिघ्र कुपोषित ७ जनालाई बालबालिकालाई जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनर्स्थापना केन्द्रमा भर्ना गरिने छ । उनीहरूलाई पठाउने तयारी गरिएको उनले बताए । बच्चाहरूको खानपिन ध्यान नदिने र गाउँघरमा बढी काम व्यस्त भएर हेरचार नगर्दा कुपोषित हुने गरेको स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ