२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदीर्धकालिन रोगीका लागि आद्र मौसम पीडादायीः अध्ययन

दीर्धकालिन रोगीका लागि आद्र मौसम पीडादायीः अध्ययन


बाथलगायत स्वास्थ्यसम्बन्धी दीर्धकालिन समस्या भएका मानिसका लागि आद्र मौसम अझै बढी पीडादायी हुने एक अध्ययनले देखाएको छ । चिसोले झनै बढी पिडा गर्ने तर, मौसमको अशरका बारेमा वास्तवमै थोरै अनुसन्धान हुने गरेको अध्ययनले बताएको छ । म्यान्चेस्टर युनिर्भसिटीले २५ सय मानिसहरुकोबारेमा अध्ययन गरेको थियो । अनुसन्धानकर्ताहरुले स्मार्टमाफोनमार्फत उनीहरुले तथ्यांक संकलन गरेका थिए ।

क्लाउडे विथ र चान्स अफ पेन नाम दिइएको सो अध्ययनमा वैज्ञानिकहरुले बाथ, माईग्रेन र स्नायुसम्बन्धी पीडा भएका बेलायतका २५ सय बिरामीबारे अध्ययन गरेका थिए । उनीहरुले हरेक दिन पीडाका लक्षण रेकर्ड गरेका थिए । त्यस्त,ै उनीहरु रहेको स्थानबारे फोनमा रेकर्ड गरिएको थियो ।

अध्ययन अनुसार आद्र र हावा लाग्ने दिनमा बिरामीलाई सामान्य दिनमा भन्दा बढी पीडा देखिएको थियो । तर, सामान्य लाग्ने मौसम वा बर्षातको समय बिरामीका लागि कुनै सम्बन्ध थिएन ।

युनिर्भसिटी अफ म्यान्चेस्टरको सेन्टर फर इपिडिमियोलोजी भर्सेज आथ्राईटिसका प्राध्यापक विल डिक्सनले भने, ‘बाथका बिरामीलाई मौसमले अशर गरेको देखिन्छ ।’ उनले भने , ‘बाथ रोग लागेका करिब तीन चौथाई मानिसले मौसमका कारण आफूहरुलाई थप पीडा भएको बताएका छन ।’

पीडा किन आद्रतासँग सम्बन्धित छ भन्ने बारेमा अन्य अनुसन्धानकर्ताहरुले थप अध्ययन गरेमा त्यसले नयाँ उपचारको ढोका खोल्ने समेत उनले बताए । बेलायतका झन्डै १ करोड मानिसमा बाथको समस्या छ र उनीहरुमध्ये धेरैलाई हरेक दिन जीवन नै बदल्ने पीडा हुने बताए ।
–एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ