२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक अस्पतालका तीन वरिष्ठ चिकित्सकमाथि कर छलीको आशंकामा अनुसन्धान हुँदैं

नर्भिक अस्पतालका तीन वरिष्ठ चिकित्सकमाथि कर छलीको आशंकामा अनुसन्धान हुँदैं


काठमाडौं—नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका तीन जना वरिष्ठ चिकित्सकहरुमाथि आन्तरिक राजस्व विभागले कर छलीको आशंकामा अनुसन्धान अगाडि बढाइरहेको छ । आन्तरिक राजस्व कार्यलय स्रोतकाअनुसार आय कर छलीको आशंकामा नर्भिकका तीन चिकित्सकमाथि अनुसन्धान जारी छ ।

‘उहाँहरुको कमाइ वार्षिक ५० लाखभन्दा बढी देखिन आएको छ तर कर भने त्यसको आधारमा तिरेको पाइदैंन्,’ राजस्व स्रोतले भन्यो, ‘यस विषयमा हामीले कागजात मगाएर अनुसन्धान जारी राखेका छौं । नर्भिक अस्पतालले १५ प्रतिशत आयकर काटेर भुक्तानी दिएको भेटिएको छ ।’  राजस्वले व्यक्तिगत गोपनीयता र अनुसन्धानकै क्रममा रहेको कारण देखाउँदैं नाम भने उपलब्ध गर्न मानेन ।

नर्भिकका तीन जना वरिष्ठ चिकित्सकहरुका आम्दानीका विषयमा आन्तरिक राजस्व कार्यलयले कागजात मागेको र आफूहरुले त्यो उपलब्ध गराइसकेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले जानकारी दिए । ‘हामीले अस्पतालको नियमअनुसार १५ प्रतिशत आयकर काटेर उहाँहरुलाई भुक्तानी दिने गरेका छौं,’ उनले भने, ‘राजस्वले तीन जना चिकित्सकहरुलाई गरिएको भुक्तानीलगायतका कागजात मागेको थियो । हामीले पठाइसकेका छौं ।’

सरकारले व्यक्तिगत आम्दानीको अनुपातमा कर लिदैं आएको छ । संसद पास गरेको आर्थिक विधेयकअनुसार ६ लाख रुपैयाँसम्म १ प्रतिशत, ७ देखि ८ लाख रुपैयाँबीचको कमाइमा थप १० प्रतिशत, १० देखि ११ लाख रुपैयाँसम्मको कमाइमा २० प्रतिशत, ११ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको ३० प्रतिशत, २० देखि ५० लाख रुपैयाँ बीचको कमाइमा ३६ प्रतिशत र ५० लाख रुपैयाँभन्दा माथिको कमाइमा समग्रमा ३९ प्रतिशत आयकरको व्यवस्था गरेको छ ।

नर्भिक स्रोतकाअनुसार ती वरिष्ठ चिकित्सकहरुको आम्दानी मासिक २५ लाख रुपैयाँभन्दा बढी रहने गरेको छ । तर, उनीहरुले तिरेको करमाथि शंका लागेपछि राजस्वले अनुसन्धान थालेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ