२०८३ असोज १४, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विपीको समस्या समाधान गर्न संसद कार्कीद्वारा समितिमा ध्यानाकर्षण

विपीको समस्या समाधान गर्न संसद कार्कीद्वारा समितिमा ध्यानाकर्षण


काठमाडौं– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले लामो समयदेखि रहँदै आएको विवादको समाधान गराउन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई ध्यानाकर्षण गराएकी हुन् ।

प्रतिष्ठानमा लामो समयदेखि रोकिएको चिकित्सक शिक्षकहरूको बढुवा नभएपछि दुई साताअघि १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।

बढुवा प्रक्रिया सुचारु गर्न सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज २१ गतेदेखि प्रतिष्ठानका शिक्षकहरू आन्दोलित बनेका छन् । जसका कारण अस्पतालको समग्र सेवा प्रवाहमा गम्भीर असर परेको समेत उनले बताएकी छन् ।

उक्त विषयमा विभिन्न समयमा गठन भएका उच्चस्तरीय छानबिन समितिका प्रतिवेदनहरू थन्काएर स्वास्थ्य मन्त्रालय मूकदर्शक बनेको भन्दै आफूले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पहल गरेको जनाएकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ