२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नोबेल मेडिकल कलेजले विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने

नोबेल मेडिकल कलेजले विश्वकपमा छनोट भएमा राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने

फाइनल जितेमा थप ५ लाख


काठमाडौं—विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले आईसीसी टी—ट्वान्टी म्यान्स विश्वकप २०२४ का लागि छनोट भएमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

बुधबार कलेजका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसाद उपाध्यायले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दैं उक्त जानकारी गराएका हुन् ।

नोबेलले ट्वान्टी—ट्वान्टी विश्वकप छनोटको जारी खेलको फाइनलमा जित निकालेमा थप ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेज सांसद सुनिल शर्माको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ