गृहपृष्ठ ∕ समाचार ∕ रक्तदाताले दान गरेको रगत बिरामीले निःशुल्क पाउनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत रक्तदाताले दान गरेको रगत बिरामीले निःशुल्क पाउनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक २४ गते, १३:०८ मा प्रकाशित काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत बिरामीले उपचार गराउँदा निःशुल्क पाउनु पर्ने बताएका छन् । शुक्रवार नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श सङ्घले बागबजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले बिरामीले आवश्यक पर्दा रगत निःशुल्क पाउनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ दान गरेको रगत निःशुल्क हुनु पर्छ । निःशुल्क गराउने पक्षमा काम भइरहेको छ । म ब्लड ब्याग समेत निःशुल्क हुनु पर्छ भन्ने पक्षमा छु । ’ रगतको अभाव हुन नदिन सङ्घले आयोजना गरेको कार्यक्रम प्रशंसनीय भएको बताउँदै मन्त्री बस्नेतले आफू पनि हरेक प्राकृतिक विपत्तिका बेला रक्तदान अभियानमा संलग्न भएको स्मरण गर्दै कोभिड १९ का बेला मात्र देशका विभिन्न ४० भन्दा बढी जिल्ला पुगेर सयौँ वटा रक्तदान कार्यक्रम आयोजना गरेर हजारौँको ज्यान बचाएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरिब र विपन्नको उपचार निःशुल्क गराउन हरेक अस्पतालमा १० प्रतिशत शैय्या विपन्नका लागि निःशुल्क गराएको र देश भरिका सङ्घीय अस्पतालको जनरल बेड निःशुल्क गराएको दाबी गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन?