२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यन्यूरालिंकद्वारा मानव मस्तिष्कमा चिप इम्प्लान्ट, सफल भएमा हुनेछ न्यूरो साइन्समा चमत्कार

न्यूरालिंकद्वारा मानव मस्तिष्कमा चिप इम्प्लान्ट, सफल भएमा हुनेछ न्यूरो साइन्समा चमत्कार

प्यारालाइसिसका बिरामी हिडडूल गर्न र दृष्टिहीन देख्न सक्नेछन्


टेस्लाका मालिक एलन मस्कको न्यूरोटेक्नोलोजी कम्पनी न्यूरा लिंकले मानिसको दिमागमा शल्यक्रियाको माध्यमबाट चिप इम्प्लान्ट गरेको छ । यो एक सिक्का आकारको डिभाइस हो, जसले मानिसको ब्रेन र कम्प्युटरकाबीच सिधा कम्युनिकेशन च्यानल बनाउनेछ ।

यदि यो ह्युमन ट्रायलमा सफलता हासिल भएमा चिप्सको माध्यमबाट दृष्टिहीन मानिसहरु देख्न सक्नेछन् । प्यारालाइसिसका बिरामी हिड्डुल गर्न र कम्प्युटर चलाउने पनि सक्नेछन् । कम्पनीले यो चिपको नाम ‘लिंक’ राखेको छ ।

सोमबार मस्कले आफ्नो एक्स पोष्टमा लेखेका छन्, ‘पहिलो मानिसमा हाम्रो कम्पनी न्यूरालिंकले डिभाइस इम्प्लान्ट गरेको छ । बिरामी राम्रोसँग रिकभर भइरहेका छन् । सुरुवाती नतिजा आशाजनक छ ।’

एलन मस्कले अर्को एक पोष्टमा लेखेका छन्, ‘यो डिभाइसको माध्यमबाट तपाईं सोचेकै आधारमा मात्र फोन, कम्प्युटर र यसकै माध्यमबाट अन्य डिभाइस कन्ट्रोल गर्न सक्नुहुनेछ । सुरुवाती प्रयोगकर्ताहरु ती हुनेछन्, जसको अंगले काम गर्दैनन् ।’

सेप्टेम्बर २०२३ मा पाएका थिए अनुमति

सेप्टेम्बर २०२३ मा मस्कको ब्रेन चिप कम्पनी न्यूरालिंकलाई आफ्नो पहिलो ह्युमन ट्रायलका लागि इन्डिपेन्डन्ट इन्स्टिच्युट रिब्यु वोर्डबाट अनुमति मिलेको थियो । अनुमतिपछि न्यूरालिंक ह्युमन ट्रायलका लागि मासिनहरु भर्ना गरेर डिभाइस ट्रायल गर्न पाउनेछ ।

न्यूरालिंककाअनुसार ट्रायल ती मानिसहरु भइरहेको छ, जुन व्यक्तिको सर्वाइकल स्पाइनल कर्डमा चोटपटक वा एमियोट्रोफिक लेटरल स्क्लेरोसिस (एएलएस)का कारण क्वाड्रिप्लेजिया छ । यो ट्रायलमा भाग लिने मानिसको उमेर २२ वर्ष हुनुपर्नेछ । अध्ययन पूरा हुन करिब ६ वर्ष लाग्नेछ । यो दौरान सहभागीको ल्याबसम्म आउँदा—जाँदा लाग्ने ट्राभल खर्च दिइनेछ ।

ट्रायलका माध्यमबाट कम्पनी यो देख्न खोजिरहेको छ कि यो डिभाइस बिरामीहरुमा कस्तो काम गरिरहेको छ । गत मईमा कम्पनीलाई ट्रायलका लागि युएस फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन (एफडिए)ले अनुमति प्रदान गरेको थियो ।

के हो न्यूरालिंक डिभाइस ?

न्यूरालिंकले सिक्का आकारको एक डिभाइस बनाएको छ । जसलाई ‘लिंक’ नाम दिइएको छ । यो डिभाइस कम्प्युटर, मोबाइल फोन वा कुनै अन्य उपकरणको मस्तिष्कका क्रियाकलाप (न्यूरल इम्पल्स)मा प्रत्यक्ष कन्ट्रोल गर्नका लागि सक्षम बनाउँछ ।

उदाहरणका लागि प्यारालाइसिसबाट पीडित व्यक्ति मस्तिष्कमा चिप प्रत्यारोपण भएपछि केवल यो सोचेर माउसको कर्सर मुभ गर्न सक्नेछ कि ऊ यसलाई कसरी मुभ गर्न चाहन्छ ।

न्यूरालिंकले भनेको छ कि उ यसलाई पूर्ण रुपमा इम्प्लान्टेबल, कस्मेटिक रुपले अदृश्य ब्रेन—कम्प्युटर इन्टरफेस डिजाइन गरिरहेको छ ताकि तपाईं कही जाँदा पनि कम्प्युटर वा मोबाइल डिभाइसको कन्ट्रोस गर्न सक्नुहोस् । माइक्रोन—स्केल थ्रेड्सलाई ब्रेनको त्यो ठाउँमा राखिनेछ, जो मुभमेन्टको कन्ट्रोल गर्छन् । हर एक थ्रेडमा कयौं इलेक्ट्रोड हुन्छन्, जो तिनीहरुलाई ‘लिंक’ नामक इम्प्लान्टबाट जोड्नेछन् ।

कम्पनीकाअनुसार ‘लिंक’मा थ्रेड यति महिन र लचिलो हुन्छन् कि जसलाई मानिसको हातले राख्न सकिदैन् । यसका लागि कम्पनीले एक रोबोटिक प्रणाली डिजाइन गरेको छ, जसबाट थ्रेडलाई मजबुत र कुशलतापूर्वक इम्प्लान्ट गर्न सकिन्छ ।

यसका साथै न्यूरालिंकले एप पनि डिजाइन गरेको छ ताकि ब्रेन एक्टीभिटीबाट सिधैं आफ्नो किबोर्ड वा माउसलाई यसका बारेमा सोचेर कन्ट्रोल गर्न सकियोस् ।

डिभाइस चार्जको आवश्यकता भने पर्नेछ । यसका लागि कम्प्याक्ट इन्डक्टीभ चार्जर पनि डिजाइन गरिएको छ, जो ब्याट्रीलाई बाहिरबाट चार्ज गर्नका लागि वायरलेस तरिकाले इम्प्लान्टसँग जोडिन्छ ।

एलन मस्कको कम्पनीले जुन टेक्नोलोजीबाट चिप बनाएको छ, त्यसलाई ब्रेन—कम्प्युटर इन्टरफेस व छोटकरीमा BCIs भनिन्छ । यसमाथि कयौं अरु कम्पनीहरु पनि वर्षौदेखि काम गरिरहेका छन् ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ