२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार

एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं—पूर्व मन्त्री एवं एमाले सांसद बसन्त नेम्वाङको स्वास्थ्य अवस्था क्रसुधार भइरहेको छ । मंगलबार नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएकी हुन् ।

‘हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ,’ उनले फेसबुकमा लेखेकी छन् । सुब्बाले चिकित्सकको सल्लाहअनुसार बाहिरी संक्रमणबाट जोगाउनुपर्ने भएकाले पारिवारिक सदस्यबाहेकलाई भेटघाट गराउन नसकिने पनि उल्लेख गरेकी छन् ।

१७ माघमा नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन गएका नेम्वाङ अचानक बिरामी भएका थिए ।

त्यसपछि उनलाई हेलिकप्टरमार्फ काठमाडौं ल्याएर ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार थालिएको थियो । अस्पतालमा चिकित्सकहरुले नेम्वाङको ब्रेक स्ट्रोक भएको पत्ता लगाएका थिए ।

नेम्वाङ पाँचथरबाट प्रतिनिधीसभामा निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ