गृहपृष्ठ ∕ समाचार ∕ बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री हेल्थ आवाज आईतबार, २०८० फागुन ६ गते, १०:२७ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित विकास प्रक्रियालाई अवलम्बन गर्न सरकारले राष्ट्रिय अनुकूलन योजना २०२१–२०५० र पेरिस सम्झौता बमोजिम राष्ट्रिय रुपमा निर्धारित योगदान तर्जुमा गरी लागू गरिरहेको बताए । जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको विषय सोह्रौ योजनामा विशेष रुपमा सम्बोधन गरिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले वन्यजन्तु संरक्षणका लागि २० वटा संरक्षित क्षेत्रमार्फत विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको जानकारी गराए । आगामी आर्थिक वर्षमा वन्यजन्तु संरक्षणका लागि विशेष प्राथमिकताका कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै उनले प्रदेश सरकार तथा स्थानीय तहहरूलाई पनि वन्यजन्तु संरक्षण तथा सिमसार व्यवस्थापनका क्षेत्रमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिने नीति लिइने बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न