२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका अधिकृतहरुको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्यका अधिकृतहरुको सेवा प्रवेश उमेर हद ४५ कायम गर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं—सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । बिहीबार नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा फैसला गर्दै सर्वोच्चले सो आदेश जारी गरेको हो ।

न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ ।

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए । सो विज्ञापन ऐन विपरित भएको भन्दै संघ अदालत गएको महासचिव डा. सञ्जीव तिवारीले बताए ।

‘ऐनले स्पष्ट रुपमा स्वास्थ्यका अधिकृतहरुको सेवा प्रवेश उमेर हद ४५ वर्ष नकटेको भनेर स्पष्ट लेखेको छ,’ उनले भने, ‘तर, पछिल्लो समय केही स्थानीय तह, प्रदेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो विपरित राखेर विज्ञापन निकालेको हुँदा त्यस विरुद्ध अदालत गएका हौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ