२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान

क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान


काठमाडौं-सरकारले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नका लागि पूर्व स्वीकृती दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती प्रदान गर्न क्याबिनेटमा प्रस्ताव लगेको थियो । क्याबिनेटले सोही प्रस्तावलाई दिएको हो ।

यससँगै विभागको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने बाटो खुला भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ