२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’

विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’


विराटनगर—विराटनगर–७ हस्पिटल चोकमा ‘द स्कीन स्टुडियो’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकामाझ वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले ‘द स्कीन स्टुडियो’ संचालनमा ल्याएकी हुन् ।

स्टुडियोको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । कोशी अस्पतालमा समेत कार्यरत डा. कार्कीले विराटनगरमा पहिलो पटक अत्याधुनिक उपकरणहरुसहित ‘द स्कीन स्टुडियो’ संचालनमा ल्याएकी हुन् ।

स्टुडियोमा डर्मा फिलर, माइक्रोनेडलिंग, कपालको पीआरपी, रसायनिक पिलिङ्ग, हाइड्रोफेसियल, कानको लोबको शल्यक्रिया, तिल, मुसा, मिलिया, दाग हटाउनेलगायतका सबै प्रकारका छाला रोगहरूको उपचार हुने डा. कार्कीले जानकारी दिइन् । ओपीडी सेवा, इलेक्ट्रोकटरी, माइनजर ओटी, एक्सिजनलगायतका सेवाहरु संचालनमा रहेको उनको भनाइ छ ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ७ का वडाअध्यक्ष मधुबावु तिवारी, कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरवार्ड सिलवाल, छाला रोग विशेषज्ञ डा. अभिनारायण घिमिरे, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ