२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ गोकर्णेश्वरमा नर्सिङ शिक्षा कार्यक्रमः छोरीलाई ५० प्रतिशत छात्रवृत्ति

गोकर्णेश्वरमा नर्सिङ शिक्षा कार्यक्रमः छोरीलाई ५० प्रतिशत छात्रवृत्ति


काठमाडौं—राजधानीको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर नगरपालिकाले छोरीहरूको उच्च शिक्षामा विशेष ध्यान दिँदै नर्सिङ शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत नगरपालिकामा स्थायी बसोवास भएका छोरीहरूलाई पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने नगरप्रमुख दीपक रिसालले जानकारी दिए ।

नगरपालिकाका छोरीहरूको शैक्षिक तथा व्यावसायिक प्रगतिको मार्ग प्रशस्त गर्ने विश्वासका साथ यो कार्यक्रम ल्याइएको रिसालको भनाइ छ । नगरपालिकाले आफ्ना स्थायी नागरिकहरूलाई यो छात्रवृत्ति कार्यक्रमको फाइदा उठाउनका लागि अनुरोध गरेको छ ।

कार्यक्रमको लागि आवेदन दिने इच्छुकहरूले आफ्नो नागरिकता प्रमाण–पत्र वा मतदाता परिचय पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नगर प्रमुख रिसाल जानकारी दिए।

रिसालकाअनुसार यो कार्यक्रममार्फत् नर्सिङ क्षेत्रमा नेपाली छोरीहरूको सहभागिता बढ्ने र उनीहरूको भविष्य उज्वल बनाउन भूमिका खेल्नेछ । शिक्षाका अतिरिक्त स्वास्थ्य, साहित्य, खेलकूदलगायतका क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाले संचालन गर्दै आएका गतिविधिहरू अरु पालिकाका लागि पनि प्रेरणाको स्रोत भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ