२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

चिकित्सक संघ कोशीका नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण


विराटनगर—नेपाल चिकित्सक संघ कोशी शाखाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधबार साँझ विराटनगरमा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभर ग्रहण गरेका हुन् ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की र प्रमुख निर्वाचन अधिकृत प्रा.डा. हेमसागर रिमालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभार ग्रहण गराएका हुन् ।

केही दिन अगाडि सम्पन्न भएको निर्वाचनबाट नेपाल चिकित्सक संघको कोशी शाखामा डा. राजेन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । तीन वर्षका लागि डा. चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा. शिलव सेन श्रीवास्तव, महासचिवमा डा. बालकृष्ण साह निर्विरोध निर्वाचित भएका थिए ।

कोषाध्यक्षमा डा. सुनिल रेग्मी, सह–सचिवमा डा. रामकुमार यादव, सह– कोषाध्यक्षमा डा. तेजेन्द्र कार्की छन् । यस्तै, सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल रहेका छन् । अध्यक्ष लगायत सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ