गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:१७ मा प्रकाशित वीरेन्द्रनगर—रूकुम पूर्वको सिस्ने गाउँपालिका—१ की एक महिला बाटोमै सुत्केरी भएकी छन् । शुक्रबार सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चौकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २० वर्षीया माया बुढाले पाखापानी भन्ने ठाउँ बाटोमै छोरीलाई जन्म दिएकी हुन् । बुढाले दोस्रो सन्तान जन्म दिएको हुन् । उनलाई सिस्ने स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराएका थिए । बाटोमै सुत्केरी व्यथाले च्यापेको खबर पाएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर गएका थिए । बाटोमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मीसहितको टोलीले आमा र शिशुलाई बोकेर स्वास्थ्य चौकी पु¥याएको वडा सचिव चन्द्रदेव खड्काले बताए । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य रहेको छ । २४ घण्टाको निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएको बताए । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जोडिन सकेको छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टौं पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल रूकुमकोट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता