गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:१७ मा प्रकाशित वीरेन्द्रनगर—रूकुम पूर्वको सिस्ने गाउँपालिका—१ की एक महिला बाटोमै सुत्केरी भएकी छन् । शुक्रबार सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चौकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २० वर्षीया माया बुढाले पाखापानी भन्ने ठाउँ बाटोमै छोरीलाई जन्म दिएकी हुन् । बुढाले दोस्रो सन्तान जन्म दिएको हुन् । उनलाई सिस्ने स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराएका थिए । बाटोमै सुत्केरी व्यथाले च्यापेको खबर पाएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर गएका थिए । बाटोमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मीसहितको टोलीले आमा र शिशुलाई बोकेर स्वास्थ्य चौकी पु¥याएको वडा सचिव चन्द्रदेव खड्काले बताए । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य रहेको छ । २४ घण्टाको निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएको बताए । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जोडिन सकेको छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टौं पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल रूकुमकोट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त