२०८३ असोज ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने

रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने


मस्को—रसियाले क्यान्सर विरुद्धको mRNA (एआरएनए) भ्याक्सिन सन् २०२५ को सेप्टेम्बरमा उपलब्ध गराइने भएको छ । गमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टसवर्ग आरटीसँगको अन्तर्वार्तामा भ्याक्सिन सन् २०२५ को सेप्टेम्बरको वरपर सार्वजनिक हुने दावी गरेका छन् ।

उनकाअनुसार रुसी वैज्ञानिकहरुले अर्को वर्ष जारी हुने ग्राण्डब्रेकिङ क्यान्सर भ्याक्सिनको कामलाई अन्तिम रुप दिइरहेका छन् ।

रसियाको समाचार पोर्टल तासकाअनुसार क्यान्सर विरुद्धको यो भ्याक्सिन निःशुल्क उपलब्ध गराइनेछ । रसियन स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनलाई उदृद्ध गर्दै उसले यो भ्याक्सिन बिरामीहरुलाई निःशुल्क उपलब्ध गराइने उल्लेख गरेको छ ।

यो खोप विभिन्न अनुसन्धान केन्द्रहरुसँगको सहकार्यमा विकसित गरिएको हो । गिन्टसवर्गले ताससँग भ्याक्सिनको प्रि—क्लिनिकल ट्रायलमा ट्युमरको विकास र सम्भावित मेटास्टेसेसलाई दबाउने बताएका थिए ।

यसले ट्युमरको विकासलाई रोक्ने गरी प्रतिरोधी क्षमता विकास गर्ने र ट्युमरका सेलहरु नष्ट गर्ने बताइएको छ । यो खोप दिइएपछि बिरामीको प्रतिरक्षा प्रणालीले घातक कोषिकाहरुलाई नष्ट गर्ने गर्छ ।

गमालेया नेशनल रिसर्च सेन्टर त्यही केन्द्र हो, जसले सन् २०२० मा कोभिड—१९ विरुद्धको स्पुतनिक भी नामक खोप विकास गरेको थियो । जो कोभिड—१९ विरुद्ध विकास गरिएको संसारकै पहिलोमध्येको एक खोप थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ