२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं—नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका बरिष्ठ अर्थोपेडिक सर्जन डा. कैलाशकुमार भण्डारीको अगुवाईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार नोवेल एकेडेमी नयाँ बानेश्वरमा उक्त शिविर सम्पन्न भएको हो ।

नोबेल एकेडेमी र फ्रन्टलाइन अस्पताल पुरानो बानेश्वरको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

सो शिविरमा अर्थोपेडिक अस्पताल, फ्रन्टलाइन अस्पताल, वीर अस्पताललगायतका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । डा. भण्डारीको अगुवाइमा यसअघि अंग्रेजी वर्षको पूर्वसन्ध्यामा काठमाडौंको वडा नं. ३२ मा एक महिनाअघि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो ।

डा. भण्डारीले आफ्नो समाजप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि निःशुल्क स्वास्थ्य शिविरको अगुवाई गरेको जानरकारी दिए । शनिबार संचालन भएको स्वास्थ्य शिविरमा ७०० बढीले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा रक्तदान कायर्क्रम समेत सम्पन्न भएको थियो ।

डा. भण्डारीले नियमित रुपमा काठमाडौंका विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ