२०८३ कात्तिक ३, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ छारे रोग दिवसमा न्यूरो हस्पिटलको प्रभातफेरी

छारे रोग दिवसमा न्यूरो हस्पिटलको प्रभातफेरी


विराटनगर—विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसर पारेर सचेतनामूलक र्‍याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक र्‍याली निकालेको हो ।

न्यूरो हस्पिटलदेखि सुरु भएको र्‍यालीले विराटनगर महानगरपालिका नगर परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारे रोगबारे घर– घर, टोल—टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन, समयमै उपचार गरे छारेरोग ठिक हुन्छ’ लगायतका प्लेकार्ड सचेतना ¥यालीमा सहभागीहरुले बोकेका थिए ।

न्यूरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारे रोग दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैं आएको छ । ‘समयमै उपचार गरौं, छारेरोगबाट बचौं’ भन्ने मुख्य नाराको साथ मनाइदैं गरेको यो दिवसमा न्यूरोले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसबाहेक स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्युरो हस्पिटल अग्रसर भएर लागि पर्दै अभियान सुरु गर्ने गरेको छ ।

२२ वर्षदेखि निरन्तर न्युरो हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गरेको कारणले यो अस्पताल बिरामीहरूको लागि रोजाइको पहिलो गन्तव्य बन्ने गरेको छ ।

कार्यक्रममा बोल्दै न्यूरो हस्पिटलका न्यूरोलोजिष्ट डा. सुदनन्द पौडेलले छारे रोग पनि निको पार्न सकिने रोग भएको बताए । ‘यो कुनै दैवी/राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने रोग होइन् भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । छारे रोगका बिरामी पनि तपाईं हामीजस्तै साधारण मानिस हुन् । उनीहरुलाई पनि माया गरेर नियमित उपचार गरेर भेदभाव नगरिकन समाजमा साधारण मानिस सरह जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्छ । उपचारको क्रममा औषधि नटुटाइ खाने र आफू खुसी बन्द नगर्न सहयोग पु¥याउनु पर्छ,’ उनले भने, ‘ चिकित्सकसँग उचित परामर्श गरेर औषधी सेवनले यो रोग निको हुन्छ ।’

समाजमा अझै पनि यस रोगप्रति विद्यमान नकारात्मक भावना हटाउन चेतनामूलक कार्यक्रमहरु समयसमयमा गरिनु जरुरी रहेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ