२०८२ वैशाख १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारका प्रवक्ताले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको हामीलाई जानकारी छैन’

सरकारका प्रवक्ताले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको हामीलाई जानकारी छैन’


काठमाडौं—सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनाबारे थाहा नभएको बताएका छन् । बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षामन्त्रीको राजीनाबारे सरकारलाई थाहा नभएको बताए ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री भट्टराईले राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको राजीनामा स्वीकृत भएको नभएको जानकारी लिन सोधिएको प्रश्नमा प्रवक्ता गुरुङले राजीनामाबारे जानकारी नै नरहेको बताएका हुन् ।

‘शिक्षा, विज्ञान प्रविधी मन्त्रीज्यूले राजीनामा दिएको भन्ने कुरा सरकारलाई जानकारी छैन । प्रधानमन्त्री कार्यलयमा राजीनामा दिएको भएँ सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याबिनेटमा जानकारी हुन्छ,’ उनले भने, ‘तर, राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो ।’

गुरुङले बुधबारसम्म पनि राजीनामा विषयमा जानकारी नभएको प्रष्ट पारे । ‘आजका दिनसम्म उहाँले राजीनामा दिएको हामीलाई जानकारी छैन,’ उनले भने, ‘विगत भण्डै एक महिनादेखि उहाँ बिरामी हुनुहुन्छ । त्यही भएर मन्त्रालयमा गएर दिनदिनै काम गर्ने परिस्थिती नभएको होला ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ