२०८२ वैशाख १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण

भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण


भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ ।

शरीरमा भिटामिन डिको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा हुँदैन । त्यसैले त चिकित्सकहरू भिटामिन डिको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्छन् ।

हाम्रो शरीरलाई विभिन्न प्रकारको भिटामिन र पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन विभिन्न प्रकारका हुन्छन् जसमध्ये एक हो भिटामिन डी । अन्य भिटामिन जस्तै हाम्रो शरीरलाई भिटामिन डिको पनि आवश्यकता बढी नै हुन्छ । सूर्यको किरणबाट हाम्रो शरीरमा भिटामिन डी बन्छ । तर आजकालको भागदौडयुक्त जीवनमा धेरैजसो मानिसलाई भिटामिन डिको कमी देखिन्छ । शरीरमा भिटामिन डिको कमीले विभिन्न खालका समस्या देखिन्छन् ।

डा विष्णुमणी अर्याल

शरीरमा भिटामिन डिको कमीका लक्षण

हड्डीमा दुखाइ महसुस हुनु

मांसपेशी कमजोर महसुस हुनु

थकान तथा कमजोरी महसुस हुनु

आवश्यकभन्दा बढी निद्रा लाग्नु

डिप्रेसनका परेको महसुस हुनु

शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु

बारम्बार रोगको संक्रमण हुनु

सास फेर्न कठिनाइ महसुस हुनु

शरीरमा भिटामिन डिको कमी भए के हुन्छ ?

छालाको रङ्ग गाढा हुनु

छालाका गहिरो रङ्ग मिलेनिन नामक पिगमेन्टका कारण हुने गर्छ । मिलेनिन अत्यधिक भएका कारण घाम लाग्नासाथ छालामा भिटामिन डी को निर्माण सही तरीकाले हुन पाउँदैन । विभिन्न शोधबाट आएका नतिजाहरूले उमेर बढेसँगै गाढा छाला हुने व्यक्तिमा भिटामिन डिको कमी हुने गरेको बताएको छ ।

मधुमेह

मधेमेहको मुख्य कारण मोटोपनलाई लिइन्छ । तर मोटोपनका साथै भिटामिन डिको कमीका कारण पनि धेरैलाई मधुमेह हुने गर्छ । डायविटिज केयर जर्नलमा प्रकाशित शोधअनुसार मोटोपना तथा भिटामिन डिको समस्या कुनै व्यक्तिलाई एकसाथ भएमा शरीरमा इन्सुलिनको मात्रा असन्तुलित भई मधुमेहको जोखिम बढ्ने गर्छ ।

बच्चाहरूमा रक्तअल्पताको खतरा

रगतमा भिटामिन डिको स्तर ३० न्यानो ग्राम प्रति मिलिलिटर भन्दा कम भएमा बच्चाहरूमा रक्तअल्पताको जोखिम उच्च हुने गर्छ । चिकित्सकहरूका अनुसार ३० न्यायो ग्राम प्रति मिलि लिटरभन्दा कम स्तर भएका बच्चाहरूलाई सामान्य भिटामिन डिको स्तर भएका बच्चाहरूको तुलना रक्तअल्पता हुने खतरा दुई गुणा बढी हुने गर्छ ।

यसभन्दा अघि गरिएका थुप्रै अध्ययनहरूमा समेत भिटामिन डी र रक्तअल्पता बीच सम्बन्ध रहेको पाइएको थियो । सोही अध्ययनका क्रममा यो पनि पत्ता लागेको छ कि भिटामिन डिको कमीले रातो रक्तकोषिका को उत्पादनमा समेत असर पर्छ ।

शरीरमा भिटामिन ‘डी’को कमी हुन नदिन के गर्ने ?

सालमन, टुना आदि माछालाई भिटामिन ‘डी’को उच्च स्रोत मानिन्छ । सालमोनको सेवन शरीरका लागि आवश्यक पर्ने भिटामिन ‘डी’को करिब ३० प्रतिशत भाग पूरा गर्न सहायक मानिन्छ ।

दूध भिटामिन ‘डी’को राम्रो स्रोत हो । शरीरलाई दिनभरमा आवश्यक पर्ने भिटामिन ‘डी’ को करिब २० प्रतिशत भाग दूधले पूरा गर्छ । जब कि अन्य दुग्धजन्य पदार्थले दूधको मात्रालाई खासै पूरा गर्दैन ।

अण्डामा पनि भिटामिन ‘डी’ प्रशस्त मात्रामा पाइन्छ । अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मुख्यतः भिटामिन ‘डी’ अण्डाको भित्री भागमा पाइने भए पनि अण्डालाई पूरा खानु राम्रो हुन्छ । अण्डाको बाहिरी भाग मात्र खानाले शरीरमा भिटामिन डिको पूर्ति राम्रोसित नहुनसक्छ ।

सुन्तलाको रसमा पनि भिटामिन डी प्रशस्त पाइन्छ । विशेषज्ञहरूका अनुसार भिटामिन डिको सेवनले स्वास्थ्यमा निकै सुधार हुने गर्छ ।

अन्नहरूमा पनि भिटामिन ‘डी’ भरपूर मात्रामा पाइन्छ । शरीरमा भिटामिन डिको पूर्तिका लागि दैनिक खानामा गहुँ, चना, मकै, जौ आदि अनाजलाई समावेश गर्न सकिन्छ ।

किन चाहिन्छ भिटामिन डी ?

भिटामिन डी हाम्रो हड्डी र दाँतका लागि निकै नै आवश्यक तत्व हो । बच्चामा भिटामिन डिको कमीलाई रिकेट्सको नामले चिनिन्छ । यो रोग लाग्दा हड्डी असाध्यै नरम हुन्छन् र यो निकै सजिलै भाँच्चिन थाल्छ । यस्तै, वयस्कमा भिटामिन डिको कमीलाई ओस्टियोपोरोसिस भनिन्छ । यसका हड्डी पातलो हुने खतरा बढ्छ भने यो सहजै भाँच्चिन थाल्छ ।

हड्डीलाई बलियो बनाउनु बाहेक भिटामिन डीले अन्य महत्वपूर्ण काम पनि गर्छन् जस्तै

– मांसपेशीलाई पनि बलियो बनाउँछ

– प्रतिरोधी क्षमतालाई बलियो बनाएर समक्रमणसँग लड्न मद्दत गर्छ

– विभिन्न किसिमका क्यान्सरबाट जोगाउँछ

– डिप्रेशन र खराब मुडलाई निको पार्छ

– इनर्जी लेबललाई मेन्टेन गर्छ

भिटामिन डीका स्रोत

– ओयली फिस

– अण्डाको पहेँलो भाग, रातो मासु र कलेजो

शरीरमा भिटामिन डिको कमीको लक्षण

शिशुमा भिटामिन डिको कमीको लक्षण

शिशुमा भिटामिन डिको अत्यधिक कमी हुँदा ऐंठन हुने र सास फर्ने समस्या हुनसक्छ

भिटामिन डिको कमीमा बच्चमा रिकेट्स हुन्छन् जसका कारण हड्डी निकै नरम हुन्छन् । यसैकारण बच्चाको खुट्टा टेढो हुने समस्या पनि हुनसक्छ । साथै बच्चाको दाँत पनि निकै सजिलै भाँच्चिने गर्छ । यसको असर दुधे दाँतमा पनि पर्छ ।

वयस्कमा भिटामिन डिको कमीको लक्षण

भिटामिन डिको कमीका कारण केही मानिसलाई थकाई लाग्ने, दुख्नेलगायतका समस्या देखिन्छन् । भिटामिन डिको अत्यधिक कमी हुँदा मानिसलाई सिँढी चढ्न समस्या र मांसपेशी दुख्ने पनि हुन्छ । भिटामिन डिको कमीले हड्डीमा असाध्यै पीडा हुने, विशेषगरी ढाडको तल्लो हिस्सा, कुहिना, हिप इत्यादिमा ।

यी व्यक्तिमा सबैभन्दा बढी हुन्छ भिटामिन डिको कमी

१. अफिस जाने व्यक्तिमा सबैभन्दा धेरै भिटामिन डिको कमी हुन्छ । अफिस जाने व्यक्तिहरुले घाममा बस्ने समय पाउँदैनन् । यसैकारण उनीहरुमा भिटामिन डिको असाध्यै धेरै कमी पाइन्छ ।

२. ५० वर्षभन्दा माथि हुँदा शरीरमा विभिन्न प्रकारको भिटामिनको कमी हुन थाल्छ जसमध्ये भिटामिन डी पनि एक हो । यो उमेरमा शरीरले सूर्यको किरणबाट मात्रै शरीरलाई आवश्यक भिटामिन डी बनाउन सक्दैन । यसैकारण यो उमेरका मानिसहरु अन्य विकल्पबाट भिटामिन डिको कमी पूरा गर्न आवश्यक छ ।

यसका साथै एक रिपोर्ट अनुसार जसको बडी मास इन्डेक्स ३० भन्दा बढी हुन्छ वा शरीरमा बोसोको मात्रा बढी हुन्छ, उनीहरुमा भिटामिन डिको कमी देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ