काठमाडौ–विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एसिया(शेराे) निर्देशक डा साइमा वाजेदलाई पक्राउ गर्न इन्टरपोलमा सूचना जारी गर्न बंगलादेश सरकारलाई ढाका अदालतले आदेश जारी गरेको छ ।
पुर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी समेत रहेकी साइमा वाजेद्धलाई ढाकाको एक अदालतले पूर्वाञ्चल प्लट बाडफाडमा भ्रष्टचार गरेको ठहर गरेको थियो । सो ठहर पछि ढाका महानगरीय बरिष्ठ विशेष न्यायधीश मोहम्मद जाकिर हुसेनले गत आइतवार भ्रष्टचार निवारण आयोग(एसीसी)को पुनरावेदन पछि उक्त आदेश दिएको एसीसीले जनाएको छ ।
इन्टरपोल नोटिस जारी गर्न आदेश दिएको विषयमा बंगलादेश र विश्वका धेरै समाचार एजेन्सीहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।
यस अघि १० अप्रिलमा पुर्व प्रधानमन्त्री हसिना र सेरो निर्देशक वाजेद विरुद्ध जग्गा वाडफाडमा ठूलो भ्रष्टचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको थियो । सो अदालतले १३ अप्रिलमा हसिना, उनकी बहिनी शेख रेहाना, रेहानाकी छोरी ट्युलिप सिद्दीकी र छोरा दरवान मुजिब सिद्दीकी लगायत २१ जनाविरुद्व तीनबाट छुट्टा छुट्टै पक्राउ पुर्जी जारी गर्ने आदेश पनि दिएको छ ।
स्राेतहरू
https://en.prothomalo.com/bangladesh/vs3jej2wn2
https://www.dhakatribune.com/bangladesh/court/379809/court-orders-arrest-warrant-against-saima-wazed
https://www.aa.com.tr/en/asia-pacific/bangladesh-court-seeks-interpol-warrant-for-ex-pm-hasina-s-daughter-over-corruption-charges/3550200
https://timesofindia.indiatimes.com/world/south-asia/dhaka-courts-arrest-warrant-on-sheikh-hasinas-daughter/articleshow/120676828.cms