काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशका प्रत्येक वडामा मिडबाइफ्रिको दरवन्दी राख्ने आश्वासन दिएका छन् ।
मंगलवार राजधानीमा सुरु भएको राष्ट्रिय मिडवाइफ्रि सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले प्रत्येक वडामा वर्थिङ्ग सेन्टर राखेर त्यसमा मिडवाइफ्रिको दरवन्दी राख्ने बताए ।
उनले आगामी बजेट बाट सो कुराको सम्बोधन हुने सम्मेलनमा सहभागीहरुलाई आश्वासन दिएका हुन् । यदी सबै वडामा वर्थीङ्ग सेन्टर नभएपनि स्वस्थ्य केन्द्रमा नै दरवन्दी सृजना गरीने बताए ।
मन्त्री पौडेलले प्रसुती सेवा भएका केन्द्रिय अस्पतालमा पनि कम्तिमा एक जनाको दरवन्दी राखेर आगामी वर्षबाट लोकसेवाले जाँच लिने बताए । उनले आमा सुरक्षाको कार्यक्रम पहिलो प्राथमिकतामा रहेको भन्दै आमा बचाउन मिडवाइफ्रिले महत्वपुर्ण रोल हुने बताए । उनले नेपालमा मातृ मृत्युदर वढी हुनुको कारण प्रसुतीकालागि अस्पताल पुग्न नपाउनु मुद्यय रहेको बताए ।
मन्त्री पौडेलले बोल्न र काम गर्नमा धेरै फरक भएको भन्दै । आफुले बेलेका विषयमा अव खै काम भन्ने गुनासो बढी आएको बताए । तथापि काम पनि भइरहेको उनको दावी थियो ।
सम्मेलनमा मिडवाइफ्रि सोसाइटीकी अध्यक्ष गोमा निरौलाले सरकारले मिडवाइफ्रिको महत्वलाई बुझन नसकेको आरोप लगाइन । उनले हाल सम्म पनि दरवन्दी नरहेको बताइन् । नेपाल जस्तो देशमा आमा बच्चा सुरक्षामा मिडवाइफ्रिले दिने सेवा अति प्रभावकारी हुने उनको भनाइ थियो । झण्डै ४ सय बढीको उपस्थिती रहेको सम्मेलन मंगलवार एक दिन चल्ने छ ।