काठमाडौं—आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ रहेको पाइएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनको सारांशअनुसार स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ देखिएको हो ।
महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार बढी बेरुजु भएका १० संघीय मन्त्रालयको सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १० औं नम्बरमा छ । पहिलो नम्बरमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ३३ अर्ब ७१ करोड १७ लाख रुपैयाँ रहेको छ ।
दोस्रोमा सबैभन्दा बढी बेरुजु देखिएको मन्त्रालय रक्षा मन्त्रालय रहेको छ । रक्षा मन्त्रालयको १ अर्ब ६७ करोड रुपैयाँ, भूमी व्यवस्था मन्त्रालयको १ अर्ब ५० करोड रुपैयाँ, परराष्ट्र मन्त्रालयको १ अर्ब ५ करोड रुपैयाँ, उर्जा तथा जलस्रोत मन्त्रालयको ६५ करोड ८० लाख रुपैयाँ, सहरी विकास मन्त्रालयको ६२ करोड ९ लाख रुपैयाँ, बेरुजु देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको ५० करोड २३ लाख रुपैयाँ र उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ३८ करोड ४९ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
