२०८२ साउन १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने

स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्र्गौला प्रत्यारोपण पश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही पेम्बा शेर्पालाई प्रत्यारोपण दूत नियुक्त गर्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा सोलुखुम्बुका ३७ वर्षीय शेर्पालाई सम्मान गरे ।

‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्द्धन दूतका रुपमा नियुक्त गर्नेछ ।’

मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भएपनि दाता पर्याप्त पाउन नसकिएको बताए । उनले शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गरे ।

‘मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौंं,’ उनले भने, ‘यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवन रक्षा हुने आशा छ ।’

पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भएपनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।

आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाए । ‘मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ,’ उनले भने, ‘आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’

वैदेशिक रोजगारीका क्रममा किड्नी फेल भएको पत्ता लागेपछि स्वदेश फर्किएका शेर्पाले तीन वर्षअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

सन् २००२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ