काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गका निकायहरुमा जनशक्ति कम भएको भन्दैं संघीय सरकारअन्तर्गत रहने गरी थप २१०२ दरबन्दी प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका दरबन्दी थप गर्न संघीय क्याबिनेटले दिएको सैद्धान्तिक सहमतिअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिले २९३४ नयाँ दरबन्दी थप गर्ने र पहिले रहेका दरबन्दीमा ८ सय ३२ वटा घटाउने प्रस्ताव पेश गरेको हो ।
प्रस्तावित संगठन संरचना अर्थ मन्त्रालयको स्वीकृती लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको छ । संघीय मामिलाले क्याबिनेटबाट पेश गरेपछि थप दरबन्दी लागु हुनेछ ।
प्रस्तावित नयाँ संरचनामा वीर अस्पताल दरबन्दी रहेर मन्त्रालयमा काजमा खटिएका अतिरिक्त सचिवको १२ औं तहलाई हटाएर सिधैं मन्त्रालयअन्तर्गत नै रहने गरी नयाँ ओएनएममा राखिएको छ ।
त्यसैगरी, ११ औं तहमा ४९ दरबन्दी थप गरिएको छ भने १२ वटा दरबन्दी हटाइएको छ । ९/१० औं तहमा ३२२ दरबन्दी थप गरिएको छ । आठौं तहको मेडिकल अधिकृतमा ४३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ । जुन ३५३ दरबन्दी रहेकोमा अब ७३९ दरबन्दी पुगेको छ ।
स्टाफ नर्समा ५/६/७ तर्फ १२४२ दरबन्दी थप गरिएको छ । यसअघि १३४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर २६२३ पु¥याइएको छ ।
पहिलोपटक मिडवाइफ्री नर्सको दरबन्दी थप गरिएको छ । जसमा ३९ वटा नयाँ दरबन्दी सिर्जना गरिएको छ । फार्मेसी अधिकृत १९ वटा नयाँ दरबन्दी थप गरिएको छ ।
