२०८२ असार ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं

मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं


वीरेन्द्रनगर—जिल्ला अस्पतालमा मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दै गएका छन् । अस्पतालमा सुरक्षित गर्भपतन सम्बन्धि सेवा दिन थालेपछि सेवा लिने बढ्दै गएका हुन् ।

अस्पतालमा गत आर्थिक वर्षमा करिब एक हजार चार सय जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्  भने चालू आर्थिक वर्षमा २०८१/८२ मा अस्पतालमा दुई हजार आठ सय पाँच जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।

१२ हप्तासम्मको गर्भ रहेकामध्ये चार सय ६५ जना महिलाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएको अस्पतालका नर्सिङ प्रमुख मनीषा लामिछानेले बताइन् । उनका अनुसार चिकित्सा पद्धतिमार्फत गर्भपतन गर्ने एक हजार तीन सय ७२ जना रहेका छन् ।

अस्पतालको तथ्याङ्क अनुसार छोटो र लामो समयका लागि जिल्लाको छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य चौकीबाट एक हजार नौ सय १५ जना, सोरु गाउँपालिकाबाट दुई सय ६५ जना, खत्याड गाउँपालिकाबाट छ सय पाँच जना, मुगुम कार्मारोङ गाउँपालिकाबाट तीन सय ७७ जना र जिल्ला अस्पतालबाट छ सय ६९ जना महिलाले परिवार नियोजनका साधन प्रयोग गरेका छन् ।

२१ जनाको गर्भपतन पश्चात् जटिलता आएको नर्सिङ शाखा प्रमुख लामिछानेले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ