२०८२ असार ९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ

डिकेएमको वार्षिक कारोबार ९५ करोड र सुमी फर्मास्युटिकल्सको ३० करोड रुपैयाँ


काठमाडौं—डिकेएम फर्मास्युटिकल्स प्रा.लि.ले वार्षिक ९५ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीको आर्थिक प्रतिवेदनअनुसार डिकेएमले सन् २०२४ मा ९५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको ।

त्यसअघि सन् २०२३ मा उसले ९२ करोड रुपैयाँ, सन् २०२२ मा ८८ करोड ८० लाख रुपैयाँको वार्षिक कारोबार गरेको थियो । यस्तै, सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

डिकेएमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औषधि विक्रेताका रुपमा नेपालमा काम गरिरहेको छ । पारिवारिक स्वामित्वमा सञ्चालित यस कम्पनीमा दिपककुमार तिबरेवालको ५१ प्रतिशत र सुरजकुमार तिबरेवालको ४९ प्रतिशत शेयर स्वामित्व छ । डिकेएम सन् २०१० देखि फर्मा ट्रेडिङ कम्पनीका रुपमा सञ्चालनमा छ ।

यस्तै, सुमी फर्मास्युटिकल्सको वार्षिक कारोबार ३० करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले सन् २०२४ मा ३० करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

सुमीले सन् २०२३ मा २३ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा २० करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ३९ करोड १० लाख रुपैयाँ र सन् २०२० मा ४५ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००३ मा सञ्चालनमा आएको सुमीले इन्टीबायोटिक्स, एन्टी ब्याक्टोरियल, एन्टी एलर्जीक, आँखा र कानको ड्रपहरुलगायत विभिन्न सेगमेन्टका ५० बढी औषधि उत्पादन गर्दै आएको छ । सुमीको सम्पूर्ण स्वामित्व कम्पनीको कार्यकारी दिर्नेशक समेत रहेकी सुमित्रा श्रेष्ठ घलेको नाममा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ