२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु

जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु

एनआईसीयु पनि नभएको अस्पतालले यसरी जोगायो प्रिटर्म शिशुको जीवन


जोमसोम—जोमसोम अस्पतालमा १७ वर्षमै गर्भवती बनेकी किशोरीले ज्यान जोखिममा राखेर शिशु जन्माएकी छन् । अस्पतालका एक्ला विशेषज्ञ चिकित्सक डा. विशाल सापकोटाकाअनुसार १३ असारमा मुस्ताङको ताक्लुङ गाउँकी १७ वर्षीया किशोरीले समय अगावै ३४ हप्तामा १.८ किलो तौल भएको शिशुलाई जन्म दिएकी हुन् ।

‘शिशु श्वास फेर्न सक्दैनथ्यो । तौल त २ किलोभन्दा पनि कम । त्यसमाथि अस्पतालमा एनआईसीयु र विशेष प्रशिक्षित स्टाफ छैन्,’ डा. सापकोटाले भने, ‘तर हामीले हार मानेनौं ।’

गर्भावास्थाभर उच्च रक्तचापले ग्रसित ती किशोरी न त नियमित चेकअपमा जान्थिन्, न औषधि लिएकी थिइन्। ‘पोखरा रेफर गरिएपनि परिवारले सल्लाह मानेनन्,’ डा. सापकोटाले थपे, ‘अन्तिम घडीमा स्थानीय स्वास्थ्यकर्मीले हस्तक्षेप नगरेको भएँ । शिशु वा आमामध्ये कोही पनि बाँच्न सक्दैन्थ्यो।’

उनी गर्भकालमा उच्च रक्तचाप (gestational hypertension) बाट पीडित थिइन्। चिकित्सकहरूले पोखरा रेफर गरेका थिए, तर आफ्नो र पेटको बच्चाको ज्यान जोखिममा राख्दै घर फर्किइन्। प्रसव पीडा सुरु भएपनि उनी घरमै थिइन्, जहाँ कतै पनि स्वास्थ्य सुविधा थिएन्।

स्थानीय स्वास्थ्यकर्मीले हस्तक्षेप नगरेका भए ती किशोरीले ज्यान जोखिममा पर्न सक्थ्यो । १२ असार २०८२ बिहान प्रसव पीडा सुरु भएपछि पनि उनी घरमै थिइन् । स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रियताले उनलाई लेते अस्पताल पुर्‍याइयो । जुन अस्पतालले फेरि पोखरा रेफर गर्‍यो। तर, परिवारले पोखरा जान नमानेपछि लगातारको समझदारीपछि उनलाई जोमसोम प्रदेश अस्पताल ल्याइएको थियो।

जोमसोम अस्पताल ल्याई पु¥याउँदा सुत्केरी व्यथाले छटपटाइरहेकी उनको पाठेघरको ६ घर खुलिसकेको थियो। डा. सापकोटाले त्यसपछि आफूले सम्भावित जोखिमका बारेमा परिवारलाई जानकारी दिए तर परिवार पोखरा जान मानेनन्। त्यही उनलाई गर्भवती गराइयो ।

प्रिटर्म (३४ हप्ता)मै गर्भबाट बाहिर निकालिएकोले शिशु अत्यन्त कमजोर थियो। सुरुमा केही समय ठीक भएपनि १ दिनमै बच्चामा श्वास फेर्न गाह्रो, संक्रमण र जन्डिस देखिएको डा. सापकोटाले बताए । एनआईसीयु, नवजात शिशु विशेषज्ञ न त अत्याधुनिक उपकरण भएतापनि चिकित्सकले आफ्नो प्रयास जारी राखे । बेनी अस्पतालका चिकित्सक डा. कुशल बरालका सल्लाहमा जोमसोम अस्पतालका चिकित्सक डा. सापकोटा र नर्सहरुको निरन्तर शिशुको उपचार खटियो ।

सातौं दिन बिहीबार डाक्टरले केही दिन अझै अस्पतालमै राख्न वा पोखरा लैजान सुझाव दिएपनि परिवारले डिस्चार्ज लिएको डा. सापकोटा बताउँछन् । ‘हामीसँग पर्याप्त जनशक्ति थिएन । तर, जुन दुई जना नर्स थिए, उनीहरू फरिश्ता जस्तै थिए। बच्चा बाँच्नु उनीहरूको निरन्तर हेरचाहकै कारण हो,’ डा. सापकोटा भन्छन् । उनकाअनुसार हाल शिशुको अवस्था सामान्य छ ।

उनले यो घटनाले सिमित स्रोत, साधन र जनशक्ति भएको ग्रामीण अस्पतालमा पनि समयमै उपचार, समर्पित स्वास्थ्यकर्मी र स्थानीयको सक्रियताले गम्भीर केस व्यवस्थापन सम्भव छ भन्ने देखाएको बताए । ‘हामीसँग धेरै सुविधा थिएन । तर, स्वास्थ्यकर्मीको मनोबल र स्याहारले यो शिशुको जीवन बचाउन सक्यौं। आशा छ यो घटनाले ग्रामीण मातृ तथा शिशु स्वास्थ्यप्रति आम जनचेतना पनि बढाउनेछ।’


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ