२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ?

किन घट्दैंछ जर्मनीमा फार्मेसीको संख्या ?


बर्लिङ-जर्मनीभर फार्मेसीहरूको संख्या घटिरहेकाले छ । सन् २०२५ को जुनको अन्त्यसम्ममा वर्षको सुरुको तुलनामा २३८ फार्मेसी कम भएका छन्।

शुक्रबार जर्मन एशोसिएसन अफ फर्मासिष्ट संघीय महासंघ (एबीडिए)ले हाल देशभर १६,८०३ फार्मेसी रहेको जनाएको छ । यो कमीको दर केही सुस्त भएको छ किनभने सन् २०२४ को पहिलो छ महिनामा २८३ फार्मेसी कम भएका थिए।

सन् २०२५ को पहिलो छ महिनामा २७१ फार्मेसी बन्द भएका छन्, भने ३३ नयाँ फार्मेसी खुलेका छन्।

एबीडिएका अध्यक्ष थोमस प्राइसले भने, ‘धेरै मानिसका लागि नजिकको फार्मेसीसम्मको दूरी झनै टाढा हुँदै गएको छ।’

‘बाँकी रहेका फार्मेसीहरूको डेलिभरी सेवाले आपूर्ति अभाव पूर्ति गर्न सहयोग गर्छ तर जर्मनीलाई स्वास्थ्य सेवाको भविष्यका लागि बलियो फार्मेसी प्रणाली चाहिन्छ,’ उनले थपे।

प्राइसका अनुसार, विशेषगरी वृद्धवर्गका लागि फार्मेसीहरू अझ डिजिटल बनिरहेको प्रणालीमा प्रत्यक्ष सम्पर्कको दुर्लभ माध्यम हुन्।

जर्मनीमा फार्मेसीहरूको संख्या वर्षौंदेखि घटिरहेको छ। यसको कारणमा लागत दबाब र व्यवसाय सुम्पन उत्तराधिकारी पाउन गाह्रो हुनुलगायत कारण छन् ।

-DW/DPA बाट भावानुवाद 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ