।१।
स्तनपान सप्ताहको पहिलो दिने रे आज ।
जन्मनासाथ चुसाउनुपर्छ दुध त्यो ताजा ।।
शिशुलाई स्तनपान, अमृत समान हुन्छ।
स्तनपानको सम्बन्धले, भित्री मन छुन्छ।
।२।
जन्मनासाथ स्तनपान गराइहाल्नुपर्छ।
पहिलो खोपको काम पनि, स्तनपान नै गर्छ ।
पोषण त सबै हुन्छ, अमृत समान हुन्छ ।
पचाउनलाई गार्हो हुन्न, अति सरल हुन्छ ।
।३।
अरु केहि नखुवाउ छैटौ महिनासम्म।
खानाको साथ चुसाउ है दूध दुई वर्षसम्म।।
दुध चुसाउदा मिलाउनु है सम्पर्क र आसन।
रूप बिग्रन्छ दुध चुसाउँदा, कोही गर्छन् भाषण।
।४।
राम्रो आसन मिलाएमा, दुध बढ्दै जान्छ।
मस्त भई शिशुले नि आनन्दले खान्छ।।
तेत्तिसौ यो स्तनपान दिवसलाई मनाउन त भब्य ।
बोतलपान गराएर, भइदैन है सभ्य।।
(लेखक साङला पिएचसी ताकेश्वर काठमाडौंमा कार्यरत सिनियर अहेब हुन् ।)