२०८२ भदौ ६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण

७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण


काठमाडौं—डेंगीको संक्रमण ७४ जिल्लामा देखिएको छ । बिहीबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जारी गरेको पछिल्लो बुलेटिनअनुसार डेंगीको संक्रमण ७४ जिल्लामा देखिएको हो ।

१ जनवरीदेखि २१ अगष्ट २०२५ मा देशभरका डेंगीका ३ हजार २४७ केस पुष्टि भएका छन् । पछिल्लो ७ दिनमा भने २११ जनामा डेंगी संक्रमण देखिएको इडिसिडीले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ जनाका डेंगी संक्रमण देखिएको छ ।

हालसम्म ७४ जिल्लामा फैलिएको डेंगीका कारण २ जनाको मृत्यु पुष्टि भएको इडिसिडीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ