काठमाडौं-त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार डा. भण्डारीको युट्युब च्यानलमार्फत सकिएन’ बोलको गीत सार्वजनिक भएको हो ।
उक्त सुमधुर गीतमा प्रा. डा. भण्डारीले प्रभावशाली श्वर रहेको छ । गीतको रचना तथा कम्पोजिसन पनि गायक प्रा.डा. भण्डारीले नै गरेका हुन् ।
गीतको मिक्सिङ, माष्टरिङ तथा रेकर्डिङ देव लामाको रहेको छ । लिरिकल भिडियो शिलन लम्सालले तयार पारेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरुवात तथा नेतृत्व गरिरहेका प्रा.डा. भण्डारीका यसअघि १० वटा गीतहरु सार्वजनिक भइसकेका छन् । जसमा ‘निलो आकाश’, ‘तिम्रो नै माया लाग्छ’, ‘एउटा जीवन यस्तो थियो’, ‘कसरी भनुँ’, ‘मायालु भाका’, ‘तिमी नै तिमी’, ‘जीवन यो रहेसम्म’, ‘निलो आकाश’लगायत रहेका छन् ।
२९ वर्षअघि एमबीबीएस अध्ययन गर्दा नै संगीत कर्म लागेका प्रा.डा. भण्डारीले सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ‘ रेकर्ड गराएका थिए । त्यो गीत त्यहीबेला रेडियोमा पनि बजेको थियो । तर, बीचमा पढाइ, व्यस्तताजस्ता कारणले केही समय उनको संगीत यात्रा रोकिएको थियो ।
तर, पछिल्ला केही वर्षयता प्रा.डा. भण्डारी गायनसँगै, गीत रचना र कम्पोजिसनमा पनि सक्रिय छन् ।