२०८२ भदौ ९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख घाटा

नेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख घाटा

सन् २०२५ मा २ अर्ब ५० करोड रुपैयाँ (अपरिष्कृत) कारोबार


काठमाडौं—भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताललाई बाढीका कारण ३२ करोड ४० लाख रुपैयाँ घाटा भएको पाइएको छ । कम्पनीको हालै सार्वजनिक भएको वार्षिक आर्थिक कारोबार विवरणमा उल्लेख भएअनुसार कम्पनीले बाढीका कारण ३२ करोड ४० लाख रुपैयाँ घाटा ब्यवहोरेको हो ।

सेप्टेम्बर २०२४ मा आएको बाढीका कारण मेडिसिटी अस्पतालको रेडियोलोजी र प्रयोगशाला डुबानमा परेर ठूलो क्षति पुगेको थियो । डुबानका कारण पुगेको क्षति कारण अस्पतालले ३२ करोड ४० लाख रुपैयाँ घाटा ब्यहोर्नुपरेको हो ।

अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्राइभेट लिमिटेडमार्फत सञ्चालनमा रहेको मेडिसिटी अस्पतालले सन् २०२४ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ (परिष्कृत)को कारोबार गरेको छ । उसले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट मानिएको नेपाल मेडिसिटी अस्पतालले सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२२ मा उसको कारोबार २ अर्ब ७८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

सुरुमा व्यवसायी डा. महतोले मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यका साथ अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्राइभेट लिमिटेड दर्ता गराएका थिए । तर, चिकित्सा शिक्षा ऐनका कारण १० वर्षमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाइएपछि नेपाल मेडिसिटी अस्पताल सन् २०२७ देखि सञ्चालनमा ल्याइएको थियो ।

२४७ शय्याको मल्टीस्पेसियालिटी हस्पिटलमा रुपमा रहेको नेपाल मेडिसिटी अस्पताल एनएबीएस एक्रिडिडेट अस्पताल हो । नेपाल मेडिसिटी अस्पताल महतो ग्रुप अफ इण्डिष्टीजअन्तर्गत प्रवर्द्धन गरिदैं आएको छ ।

नेपाली हेल्थकेयरमा अस्पताल चेन बनाउने योजनामा अगाडि बढिरहेका डा. महतोको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, वीरगन्जस्थिती नेपाल मेडिसिटी बयोधा अस्पताल र मेडिकेयर अस्पतालमा समेत शेयर स्वामित्व छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ