२०८३ मंसिर ६, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल

जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल


काठमाडौं–त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको जनस्वास्थ्य केन्द्रीय विभाग स्थापना भएको ७ वर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाइएको छ । सो अवसरमा ‘नेपालको चिकित्सा तथा जनस्वास्थ्य शिक्षाः के हामी सही मार्गमा छौ ?’ भन्ने विषयमा छलफल आयोजना गरिएको थियो ।

सो छलफलमा चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहट्ठा, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग अध्यक्ष प्रा.डा. केदारप्रसाद बराल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल, नेपाल हेल्थ प्रोफेसनल काउन्सिलका अध्यक्ष सुबोधकुमार शर्मा, नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीले धारणा राखेका थिए ।

कार्यक्रममा एजेपिएच जर्नलका प्रधान सम्पादक डा. खेम कार्कीले बहुपक्षीय छलफलले स्वास्थ्य शिक्षा सुधार, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई थप विश्वासिलो बताउने बताए ।

छलफलका क्रममा शिक्षा प्रणालीको गुणस्तर, नीतिगत चुनौती र भावि दिशाबारे छलफल भएको जनस्वास्थ्य केन्द्रीय विभागका विभागीय प्रमुख राजन पौडेलले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ