२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु

अपडेटः जेन—जी प्रदर्शनः पाँच अस्पतालमा १३ जना प्रदर्शनकारीको मृत्यु


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएर ट्रमामा उपचारका लागि लगिएका ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ ।

निजामती कर्मचारी अस्पतालमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसी०मा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ