२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको संख्या १४ पुग्यो

अपडेट: जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको संख्या १४ पुग्यो


काठमाडौं—सिभिल अस्पतालमा थप एक जना घाइते प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि घाइते भएर सिभिलमा उपचार भइरहेका थप एक जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

सिभिलका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीकाअनुसार अहिलेसम्म सिभिल अस्पतालमा तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेको ६ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसीमा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ