२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु

इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु


काठमाडौं—सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर दुई जना युवाको मृत्यु भएको छ । सोमबार जेन—जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर २५ र ३० वर्षीय दुई जना युवाको मृत्यु भएको हो ।

घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर, अस्पतालले दुवैलाई मृतक घोषणा गरेको थियो । मृतक दुवै इटहरीका भएपनि उनीहरुको पूर्ण विवरण खुलेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ