२०८२ असोज १, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं

स्वास्थ्यमन्त्री प्रदीप पौडेल राजीनामाका लागि पार्टीको निर्णय पर्खदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल राजीनामा लागि पार्टीको निर्णय पर्खने भएका छन् । मंगलबार प्रधानमन्त्रीको निजी सचिव दुर्गा घिमिरे मन्त्री पौडेल पार्टीको संस्थागत निर्णय कुरिरहेका छन् ।

‘उहाँ पार्टीले नै संस्थागत निर्णय गर्नुपर्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘पार्टीको संस्थागत निर्णय कुरिरहनुभएको छ ।’ उनले संस्थागत निर्णयका लागि पार्टीको नेतृत्वसँग छलफल चलाइरहेको उनले जानकारी दिए ।

सोमबार राजधानी काठमाडौसहित देशका विभिन्न भागमा भएको जेन—जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि अहिले कांग्रेसभित्र सरकारबाट बाहिरिनुपर्नेमा तीब्र दबाब सिर्जना भइरहेको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट मानिने कृषि मन्त्रीले मंगलबार बिहानै राजीनामा दिइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ