२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी

राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारास्थित घरमा आगजनी


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार पौडेलको घरको छतबाट आगोको मुस्लो फुसफुसाइरहेको छ ।

प्रदर्शनकारीहरुले उनको घर घेरेका छन् । यस्तै, प्रदर्शनकारीहरुले बुढानिलकण्ठ र धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवास, उर्जामन्त्री दीपक खड्काको बुढानिलकण्ठस्थित निवासमा आगजनी तथा तोडफोड गरेका छन् ।

यस्तै, एमाले नेता रघुवीर महासेठको जनकपुरस्थित घरमा ढुंगामुढा भएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित घरमा पनि ढुंगामुढा भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ