काठमाडौं—जेन—जीको दुई दिने प्रदर्शनका क्रममा २५ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकअनुसार बुधबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २५ जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयकाअनुसार सबैभन्दा बढी ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३/३ जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २/२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ७०० सय घाइतेको २८ अस्पतालहरुमा उपचार भएको छ । जसमध्ये ४१३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयकाअनुसार १९७ जनाको विभिन्न अस्पताल भर्ना गरेर उपचार भइरहेको छ भने ५० जनालाई अस्पतालहरुले अन्य अस्पतालमा रेफर गरेका छन् ।
सिभिल अस्पतालमा १५ जनाको शल्यक्रिया गरिएको छ भने ९ जनाको शल्यक्रिया गर्ने योजना छ । राष्ट्रिय ट्रमा सेन्टरमा ११ जनाको शल्यक्रिया गरिएको छ ।
यस्तै, नेपाल सेनाको दिएको छुट्टै विवरणअनुसार नेपाल प्रहरीका २३ जनाको उपचार भइरहेको छ भने सामान्य नागरिकहरुले तीन जना अन्य बिरामीहरुको उपचार भइरहेको छ ।