काठमाडौं—जेन—जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार ३ जना प्रहरीसहित ५१ जनाको आन्दोलनका क्रममा मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले ५१ जनाको मृत्युको तथ्यांक प्राप्त भएको र अन्य क्षतिको विवरण संकलन भइरहेको जानकारी दिए । ‘अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण संकलन गरिदैंछ ।’
प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ ।
जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा छ ।