२०८२ भदौ २८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ


काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्री पदको सपथ ग्रहण गरेकी छन् । शुक्रबार राति राष्टपति रामचन्द्र पौडेलले शितलनिवासमा आयोजित एक कार्यक्रममाझ कार्कीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
|
त्यसअघि पौडेलले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेका थिए ।

मुलुकको पहिलो प्रधानमन्त्री हुने महिला बनेकी कार्की सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीस पनि हुन् । कार्की नै मुलुकको पहिलो महिला प्रधानन्यायाधीस बनेकी थिइन् ।

जेन जी आन्दोलनको बलमा उनी अन्तरिम सरकारको नेतृत्वमा पुग्न सफल भएकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ