२०८२ भदौ २९, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड

जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड


जुम्ला—जेन–जी आन्दोलनकारी युवा समूहले चन्दननाथ नगरपालिका जुम्लाको शव बहान र एम्बुलेन्ससमेत तोडफोड गरेका छन् । २४ भदौंमा चन्दननाथ नगरपालिकामा तोडफोड तथा आगजनी गरेका हुन् ।

जसका कारण कार्यालयको सेवा प्रवाह पनि ठप्प भएको छ । जेन—जी समूहले केही बाइकमा आगजनीसहित दर्जन सवारी साधन तोडफोड तथा कार्यालयनै क्षतविक्षत बनाएपछि कार्यालयका सेवा प्रवाह ठप्प भएको हो ।

शुक्रबार क्षतिको मुचुल्का उठाइसकेपछि शनिबार सरसफाइ गरिएको छ । मुचुल्कामा कुन—कुन सामानमा क्षति भयो भन्ने विवरण संकलन गरेपनि कति मुल्य बराबरको नोक्सानी भएको भन्ने खुलेको छैन् ।

प्रहरीले गरेको मुचुल्काअनुसार प्राप्त विवरणअनुसार दमकल एउटा, एम्बुलेन्स एउटा, शव बाहन एउटा, डोजर एउटा, महिन्द्रा जीप एउटा, हाइलक्स कार एउटा, स्कारपिओ एउटा तोडफोड भएको छ ।

त्यस्तै, ११ वटा मोटरसाइकल स्कुटर तोडफोड गर्नुका साथै आगजनी गरिएको छ । त्यसैगरी, डेक्सटप कम्प्युटर दुई थान, एलसीडी दुई थान, एकीकृत सेवा प्रणालीको टोकन मेसिन एक, डिजिटल नागरिक वडापत्र एक, डिजिटल बोर्डको स्पीकार दुई थान तोडफोड भएको छ ।

साथै, प्रिन्टर एक थान, वाटर डिस्पेन्चर २ वटा, ६६ वटा झ्यालको सिसा, एकीकृत सेवा प्रवाहको कार्यकक्ष, फर्निचरतर्फ कुर्ची २० वटा, सोफा सिट ७ पिस, टेबुल ३ वटा, नगर प्रहरीको लौरी ५ थानलगायतका कार्यालयका सम्पूर्ण सामाग्री तोडफोड गरेर नष्ट भएको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार अहिले सामाग्री के कति क्षति भयो भन्ने विवरण निकालिएको छैन । उनले भने, ‘कति रकम बराबरको क्षति भयो भन्ने विवरण आउन समय लाग्नेछ । कार्यालय सरसफाइपछि तोडफोड गरेकै कार्यालयबाट सेवा प्रवाह गर्ने चन्दननाथको तयारी छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ