काठमाडौं—दोलखाका रुपिन खड्का काठमाडौंमा भएको जेन-जी प्रदर्शनका क्रममा संसद भवन अगाडि घाइते भएका हुन् । २३ भदौंमा जेन—जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा चलेको गोली उनको शरीरको दायाँ भाग हातको पातामा गोली लाग्यो ।
गोली लागे लगतै उनका प्रदर्शनकारी साथीहरुले निजामती कर्मचारी अस्पतालको इमर्जेन्सीमा पुर्याए । स्वास्थ्यकर्मीहरुले सुरुमा २६ वर्षीय रुपिनको शरीरबाट भइरहेको रक्तस्राव रोके । त्यसपछि उनको एक्स—रे गरियो । एक्स—रे गर्दा सर्टगनको गोलीका ८ वटा प्लेट्सहरु उनको दायाँ हातको पछाडिको भागमा देखिए ।
चिकित्सकहरुले ती प्लेट्स (कार्टिज) निकाल्नका लागि दुई वटा शल्यक्रिया गरे । दुई फरक—फरक दिनमा शल्यक्रिया गरेर ती आठवटा प्लेट्सहरु शरीरबाट निकालिएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
‘दुई पटक शल्यक्रिया गरेर हामीले उहाँको शरीरबाट आठ वटा प्लेट्सहरु निकाल्यौं,’ उनले भने, ‘अहिले सामान्य अवस्था छ ।’ ६ दिनको अस्पताल बसाइँपछि भूपिन शनिबार डिस्चार्ज भएका छन् । उनी हाल ड्रेसिङ गराइरहेका छन् । भूपिनको जेन—जीको प्रदर्शनमा सहभागिता, अस्पताल बसाइँलगातयका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले तयार पारेको भिडियो रिपोर्टः