२०८२ असोज २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । नर्भिकले साधारण शेयर निष्काशन तथा बिक्रीका प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल बाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शय्याको सामान्य सुविधासहितको अस्पतालका रुपमा आफ्नो यात्रा सुरु गरेको थियो ।

हाल नर्भिक २०० शय्याको बहु—विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ । यो ३०० शय्याको अस्पतालमा स्तरोन्नती गर्ने प्रक्रियामा छ, जुन नेपालको पहिलो र अग्रणी कर्पोरेट अस्पतालको रुपमा रहेको छ ।

अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि, दक्ष जनशक्ति तथा निरन्तर लगानीको साथ बिरामीहरुले काठमाडौंमा नै विश्वस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ