२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना

अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने सम्भावना बढेपछि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले पदबाट राजीनामा दिएकी छन् । आइतबार उनले सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री सम्भावना बढेपछि अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी हुन् ।

उनी स्वास्थ्य सेवाकी १२ औं तहकी उच्च अधिकारी हुन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. संगीताले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रुपमा काम गरेकी थिइन् ।

स्वास्थ्य सचिव हुने लाइनमा रहेकी उनी स्वास्थ्य सचिव भने बन्न सकिनन् । निवर्तमान स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य सचिव नियुक्त आफूलाई अन्याय गरेर डा. विकास देवकोटालाई सचिव बनाइएको भन्दै असन्तुष्ट बनेकी थिइन् ।

स्वास्थ्य सचिव नियुक्तिमा मन्त्रीसँग बढेको यही असन्तुष्टीका कारण उनी झण्डै ६ महिना लामो समय विदामा बसेकी थिइन् । पौडेल स्वास्थ्य मन्त्रीबाट हटेसँगै बिहीबारबाट ६ महिनाभन्दा बढी लामो बिदा टुंग्याउँदैं उनी मन्त्रालयमा हाजिर भएकी थिइन् ।

१२ औं तहकी डा. संगीता जेन—जीको आन्दोलनको बलमा सुशील कार्की नेतृत्वको अन्तरिम सरकार बनेसँगै सक्रिय भएकी थिइन् ।

बालेनसँगको समधुर सम्बन्धका कारण उनी स्वास्थ्यमन्त्री बन्न लागेको बताइएको छ । ‘उहाँको स्वास्थ्यमन्त्री बन्ने उच्च सम्भावना छ,’ स्रोतले भन्यो, ‘अन्तिम अवस्थमा केही परिवर्तन नभए उहाँ स्वास्थ्यमन्त्री बन्नकै लागि अतिरिक्त सचिवबाट राजीनामा दिनुभएको हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ