काठमाडौं—अन्तरिम सरकारका चार जना मन्त्रीको नाम मात्रै शितल निवास पुगेको छ । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा चार जना मन्त्रीहरुको नाममात्रै प्राप्त भएको राष्ट्रपति कार्यलयका सचिव दीपक काफ्लेले जानकारी दिए ।
उनकाअनुसार दिउँसो तीन बजेका लागि राष्ट्रपति कार्यलयले सपथको कार्यक्रम तय गरेको छ । यसअघि आइतबार सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले पाँच जना मन्त्रीको नाम राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
तर, अन्तिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाममा विवाद देखिएपछि तत्काललाई होल्ड गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रीका रुपमा महावीर पुन, सञ्चार तथा सूचना प्रविधीमन्त्रीमा जगदीश खरेल र पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ ।
सोमबार चार जनाको मात्रै सपथ हुने राष्ट्रपति कार्यलय स्रोतले जनाएको छ ।