२०८२ असोज १८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण

दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण


वीरेन्द्रनगर-कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेत र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको छ ।

अस्पताल र श्रीमती संघका साथै प्रदेश प्रहरी कार्यालय सुर्खेतको संयुक्त लगानीमा कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीलाई शिविरको आयोजनामा स्वास्थ्य परीक्षण गरिएको हो ।

कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राध्यापक. प्रहरी नायब उपरीक्षण डा. श्यामकृष्ण लौडारी, प्राध्यापक प्रहरी निरीक्षक डा. विविक पन्थी साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रहरी कर्मचारीबाट कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य शिबिरमा १८५ जना  पुरुष र २७ जना महिना एकजना आश्रित बालक एकजना गरी २१३ जनाको निःशुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कैदीबन्दीको स्वास्थ्य परीक्षणले उनीहरुको स्वास्थ्य समस्या समाधान हुनुका साथै मनमा रहेको त्रास पनि कम हुने विश्वास गरिएको प्रहरीको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ