२०८२ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन


काठमाडौं—सरकारले आन्दोलनरत नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न १४ सदस्सीय समिति गठन गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले समिति गठन गरेकी हुन् ।

स्वास्थ्यका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा १४ सदस्सीय समिति गठन भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न समिति गठन भएको छ,’ उनले भने, ‘शुक्रबार टिप्पणी उठेर आज समिति गठनको मन्त्रीस्तरीय निर्णय भएको हो ।

प्रवक्ता डा. बुढाथोकीकाअनुसार समितिमा मन्त्रालयको नर्सिङ महाशाखा, नेपाल नर्सिङ संघ, चिकित्सा शिक्षा आयोग, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यलयलगातयका प्रतिनिधीहरु छन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने मागसहित देशभर नर्ससहितका स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन् । कास्कीस्थित मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजमा नर्सहरुले सुरु गरेको श्रमशोषण विरुद्धको यो आन्दोलन अहिले सुदूरपश्चिम र कोशी प्रदेशसम्म फैलिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ